ब्लाष्टखबर ।  लागुऔषध खैरो हेरोइनसहित झापामा दुईजना पक्राउ परेका छन् ।

मेची नगरपालिका–८ स्थित मेची क्राउन होटल नजिकैबाट को ३८प ७१४९ नम्बरको मोटरसाइकलमा सवार मेची नगरपालिका घर भएका सुरज पौडेल र अर्जुनधारा नगरपालिका घर भएका अंकित शर्मालाई लागुऔषध नियन्त्रण व्यूरोको टोलीले पक्राउ गरेकाे जनाएकाे छ । 

पक्राउ परेकाे उनीहरूकाे साथबाट  प्रहरीले ५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।