ब्लाष्टखबर ।  ईटहरीमा ल्यापटप चोरी गर्ने र चाेरी भएकाे ल्यापटक खरीद गर्ने दुबै जना पक्राउ परेका छन् । 
इटहरी उपमहानगरपालिका ६ स्थित अलईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युट प्रालिबाट गत शुक्रबार डेल कम्पनकाे ल्पटप चाेरी भएकाे थिएकाे थियाे ।
 
चाेरी भए लगत्तै प्रहरीलाइ जनाकारी गराए संगै इलाका प्रहरी कार्यालय इटहरीबाट खिटएकाे प्रहरी टाेलीले चाेरीमा संलग्न इटहरी १० का ३० वर्षीय मनाेज कार्कीलाई साेमबार दिउसाे पक्राउ गरेकाे उक्त कार्यालयले जनाएकाे छ । 
 
 कार्कीले चाेरीमा संलग्न रहेकाे स्विकार  गरी उक्त ल्यापटप इटहरी २ का २८ वर्षीय श्याम बिकलाई बिक्री गरेकाे खुलेसंगै चोरी भएको ल्यापटपसहित खरिद गर्ने बिकलाई पनि पक्राउ गरी आवश्यक थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।