ब्लाष्टखबर । भारतीय नक्कली नोट सहित २ जना पक्राउ परेका छन ।

मेरङको रंगेलि नगरपालिका ८ स्थित दर्बेसाबाट भारत तर्फबाट नेपाल प्रवेश गर्दै गरेका भारतीय नम्बर प्लेटको मोटरसाइकल सवार २ जनजालाई चेकजाँच गर्ने क्रममा प्रहरीले २ सय र सय दरका १७ हजार ७ सय रुपैयाँ भारतीय नक्ली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार नक्लीनोट लिएर भारबाट नेपाल तर्फ प्रवेश गर्दै गरेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बिआर ३८ एन ०२५१ नम्बरकाे माेटरसाइकलका चालक भारतको बौका चोप्राह बस्ने वर्ष ३० का कुन्दन मण्डल र मोटरसाइकलमा पछाडी सवार १८ वषीए शिवरन्जन सिंहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डलको साथबाट प्रहरीले ३ हजार ४ सय बराबरको २ सयका दरको भारतीय नक्ली नोट बरामद गरेको थियो ।

त्यस्तै, पछाडी सवार सिंहको साथबाट प्रहरीले १४ हजार ३ सय बराबरको सयका दरको नक्कली नोट बरामद गरेको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेका दुबै जना माथी थप अनुसन्धान भइरको कार्यालयले जनाएको छ ।