धरान । पाँचथरको हिलिहाङ गाउँपालिका–५ लुम्फाबुङमा बञ्चरो प्रहार गरेर पतिले पत्नीको हत्या गरेका छन् ।

बुधबार राति ३२ वर्षीय धनबहादुर उभरकोटीले बञ्चरो प्रहार गरी ३० वर्षीया पत्नी दुर्गा उभरकोटीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हत्यापछि धनबहादुर फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटना भएलत्तगै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलको मुचुल्का उठाई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।