ब्लाटखबर । आफ्नै घर अगाडी मृत फेला परेका मेचिनगर ९ का ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्याकाे आरोपमा २ जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेहरूमा स्थनिय ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ । 
 
गौतमको शरिरमा बिभिन्न निल डाम तथा चोटपटक रहेको देखेपछि गम्भिर रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको हो उक्त कार्यालयले जनाएकाे छ र 
 
पक्राउ परेका दुबै जनाले घटनामा आफ्नो संग्लग्नता रहेको साबिती बयान दिएसंगै निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 
साथै निजहरुले घटना घटाउन प्रयोग गरेको फलामको रिम र घटना भएको समयमा उनीहरुले लगाएका कपडा समेत बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।