धरान । सुनसरीको कोशी गाउँपालिका–३ का ८० बर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २ वृद्धलाई पक्राउ गरेको छ ।

बुधबार बिहानको राती अबैध कपडा ओसार पसार गर्ने क्रममा स्थानीय ५५ बर्षीय उदिचन्द मुखिया र ६० बर्षीय कृपा मल्लाहले दासलाई कुटपिट गरेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दासको शव फेला परेपछि थप अनुसन्धानका लागि मुखिया र मल्लाहलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।