धरान । समाजमा हामीले बलात्कारका थुप्रै घटनाहरू सुन्दै, देख्दै आएका छौं तर केही यस्ता बलात्कारले हाम्राे दिमाग हल्लाउने गरेकाे छ ।

यस्तै प्रकृतिको घटना रूपन्देही जिल्लाको बुटबलमा घटेको छ । आफ्नै बहिनीमाथि नृशंस बलात्कार गर्दै आएको खुलेको छ, त्यो पनि सात वर्षअघिदेखि ।

पाल्पा तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटबलमा कार्यरत एक व्यक्तिले आफ्नै बहिनीलाई सात वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको खुलेको हो । जिल्ला अदालत पाल्पामा पीडितले मुद्दा हालेपछि घटना बाहिर आएको छ ।

दाजुले सात वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको मुद्दाको निवेदनमा उल्लेख छ । पीडित बहिनीले अदालतमा हाडनाता करणीमा मुद्दा हालेकी छन् । मुद्दाको निवेदनमा सात वर्षको उमेर हुँदादेखि आफूलाई औषधि सेवन गराउँदै बलात्कार गरेको दायर पत्रमा उल्लेख छ । उनले मङ्सिर २३ गते पीडित बालिकाले अदालतमा मुद्दा दायर गरेकी हुन् ।

दायर पत्रमा भनिएको छ, ‘पाल्पाको तानसेनमा स्वास्थ्य षेत्रमा काम गर्ने भएकाले आफू बस्ने कोठामा लगेर पटकपटक बलात्कार गरेका थिएँ, परिवारमा पनि यो कुरा भन्ने आँट गरेको थिइन् ।’ उनका अनुसार बुबाआमाको मृत्युपछि मात्रै दाजुविरुद्ध मुद्दा हाल्न सक्षम भएको इकागजले लेखेको छ ।

सानोमा आफूले त्यसबारे कसैलाई नबताए पनि आफू बुझ्ने भएपछि यसबारे बताउन खोज्दा घरमा बाँधेर गरेको पीडा सुनाएकी छन् । उनी भागेर काठमाडौं आएकी थिइन् । उनी आफू लामो समययतादेखि मानसिक पीडाबाट गुज्रिदै आएको पनि उल्लेख गरेकी छन् । स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले उनले औषधि सेवन गराएर बलात्कार गर्दै आएका थिए ।

मुलुकी अपराधसंहिता २०७४ अनुसार हाडनाता करणीको हकमा जन्मकैदको व्यवस्था छ । पछिल्लो पटक परिवर्तन गरिएको बलात्कार सम्बन्धी कानूनमा पनि कम्तीमा १० वर्ष र एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय र जन्मकैद हुनसक्ने प्रावधान तोकेको छ ।