ब्लाष्टखबर । नेपाल र चीनद्वारा संयुक्तरुपमा सगरमाथाकाे नयाँ उचाइकाे घाेषणा गरेका छन् ।  पुरानाे उचाइमा ८६ सेन्टिमिटर बढि रहेकाे छ ।

मंगलबार नापी विभागमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यीले भर्चुअल  रूपमा  नयाँ उचाइ सार्वजनिक गररेका छन् । नयाँ सार्वजनिक भएकाे विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर रहेकाे छ । 

यस अघि भारतकाे सर्भे अफ इन्डियाले सन् १९५४ मा बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । जसमा हालको उचाईमा ८६ सेन्टिमिटर बढेको हो ।

विनाशकारी भूकम्पका कारण देशका उत्तरी भूभागमाको उचाइमा घटेकाे हुनसक्ने नापी विभागको अध्ययनले देखाएको देखाएपछि सगरमाथाको उचाइ का विषयमा पनि चर्चा चलेकाे थियाे । नेपाल सरकार र चीन सरकारी टोलीद्वारा गरिएकाे छुट्टाछुट्टै मापनकाे  प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियाे । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमति जनाएकाे थियाे ।