ब्लाष्टखबर । इटहरी भित्र सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित एक बैठकमा पाँचसय शैयाको अस्पताल निर्माणका लागी उक्त समितति निर्माण गरेकाे हाे । 

उपमेयर लक्ष्मी गौतम, याम सुब्बा, इश्वर भटटराई, हेमकर्ण पौडेल, रोहित प्रसाँई, हेम घिमिरे, भीम पौडेल, धु्रव सुब्बा, मेदनी सिटौला र वजरंग अग्रवाल समिति सदस्य रहेकाे श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपालद्धारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न बताइएकाे छ । 

 

सरोकारवाला सबै पक्ष उपस्थित भएकाे साे बैठकले जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता, प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा, लिलम बस्नेत रहेका छन्  ।

हस्पिटल सम्भाब्यता अध्यन समितिका संयोजक हेम घिमिरेले बैठकमा हस्पिटलको अवधारणा पेश गरेका थिए ।