दमक/झापामा एचआइभि एड्सका कारण आर्थीक वर्ष २०७६/७७ मा ९ जनाको मृत्यू भएको छ । रोग लुकाएर आवश्यक उपचार गर्नबाट बञ्चित भएका कारण उनीहरुको मृत्यू भएको हुन सक्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
अझैपनि समाजमा एचआइभि संक्रमण देखियो भने आफु संक्रमित भए भनेर सुरक्षीत नबस्ने र आश्यक परामर्ष र उपचार लिन जानै आनाकानी गर्ने गरेकोले यसबाट मृत्यू भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौँलागाईले बताए ।
सुगम जिल्ला भएपनि झापामा हरेक वर्ष एचआइभि एड्सका संक्रमितहरु थपीइ छन् । अघिल्लो आर्थिक वर्षमा पनि ६७ जना नयाँ संक्रमित थपीएको तथ्याकंमा छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ४ सय ४७ पुगेको छ ।
संक्रमणको मुख्य कारण बैदेशिक रोजगार
झापा नेपाल भारत खुल्ला सिमाना भएको जिल्ला हो । यहाँबाट भारत जाने र आउने क्रम निरन्तर सहजरुपमा हुने गरेको छ । रोजगार , अध्ययन तथा अन्य प्रयोजनाका लागि यहाँबाट भारतका बिभिन्न शहर र भारतका बिभिन्न शहरबाट नेपाल आउने क्रम चलिनै रहन्छ । तर सिमानाकाबाट प्रवेश गर्ने न भारतीय न नेपाली कसैकोपनि एचआइभि एड्स्को परिक्षण गरिदैन ।
यसले गर्दा कति संक्रमित भित्रीए भन्ने कुराको कुनै तथ्याकं छैन ।यसले समाजमा संक्रमणको जोखिम उच्चरुपमा बढउन सक्ने यस सम्बन्धीका बिज्ञहरुले बताएका छन् । छाला तथा यौनरोग विषेशज्ञ डा. गुरु पौडेल सकृय संक्रमित मद्यये ४२ प्रतिशत संक्रमित बैदेशिक रोजगारबाट फर्केका वा उनीहरुका परिवार रहेको बताउँछन् । भारत सँगै अन्य देशबाट आउने व्यक्ति वा परिवार जोखिममा रहेको उनको भनाई छ । संक्रमितमद्यये अधिकांसलाई पेषाका बरेमा सोधपुछ गर्दा अधिकांशले बैदेशिक रोजगार देखाएकाले यो तथ्याकं निक्लिएको डा. पौडेलले जनाए ।
पालिका स्तरमा निती बन्न आवश्यक
शिक्षा ,स्वास्थ्य तथा अन्य आमनागरिकको आधारभूत आवश्यकता पुरा गर्नु अहिलेको प्रमुख दावीत्व स्थानीय सरकारको नै हो । त्यसैले समाजमा बिभिन्न भाईरस रोकथाम तथा नियन्त्रण गर्नका लागि पालिका स्तरमा नै निती र नियम बनेर अघि बढ्नु पर्ने डा. पौडेलको सुझाव छ । अझैपनि समाजमा यौन तथा यौनजन्य कृयाकलापका बारेमा खुलेर कुरा गर्ने, बहस गर्नेबानीको विकास भैनसकेका कारणले पनि यसबाट निम्तीने जोखिमबारु बढिरहेका छन् ।
विषेश गरेर किसोरावस्थामा यस सम्बन्धीको ज्ञान प्रभावकारी रुपमा पुर्याउनु पर्ने आश्यकता रहेको उनी औँल्याउँछन् । अहिलेका किसोर किसोरीहरु यौन र यसबाट हुन सक्ने जोखिह, असुरक्षीत सम्पर्कका असरबाट केहि जानकार भएपनि आवेग अवस्थामा यसको कार्यान्वायन गर्न सकेका छैनन ।
त्यसैले त्यहि समुहलाई नै यसबारेमा थप जिम्मेवार बनाएर सचेतनाका लागि परिचालन गर्न पालिकाहरुले ध्यान दिन आवश्यक रहेको उनको सुझाव छ । विद्यालय र क्याम्पस स्तरमा जसरी बाल क्लव र यूवा क्लव कठन गरिन्छ त्यसैगरि एचआइभि एड्स तथा अन्य यौनरोग सँग सम्बन्धित जनचेतना फैलाउनका लागि पनि समुह बनाउने हो भने यसले प्रभावकारीता पाउने उनको भनाई छ । यसमा अभिभावक, विद्यालय वा क्याम्पसका शिक्षक तथा प्राध्यापक साथै स्थानीय सरकारले बिषेश ध्यान दिन आवश्यक रहेको उनले बताए ।
कोभिड बन्यो चुनौती
हरेक वर्षको डिसेम्बर १९ मा विस्व एड्स दिवस मनाइन्छ । यो वर्ष धेरै औपचारीक कार्यक्रम गर्न सकिएको छैन । यसका लागि विस्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) नै रहेको सरकारका प्रतिनिधीहरुले बताएका छन् । साँझको समयमा सामान्य दिप प्रज्वलन गरि यो वर्षको विस्व एड्स दिवस मनाउने तयारीमा स्थानीय , प्रदेश र संघिय सरकारले तयारी गरिरहेका छन् । केहि भर्चूयल कार्यक्रम भने हुने जनाइएको छ ।
एचआइभि एडस्का संक्रमितहरुको पहिचान, यसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काम गर्न यो वर्ष कोभिडले केहि असर गरेको दमक नगरपालिकाकी उप प्रमुख तथा स्वास्थ्य समिती संयोजक गीता अधिकारीले बताईन । संक्रमितहरुलाई समाजमा पूनःस्थापीत गराउन देखि लिएर सहजरुपमा उपचार गराउन नगपालिकाले बजेटको समेत व्यवस्था गरेको छ ।कोरोना रोकथाम तथा न्यूनिकरणका लागि संक्रमितहरु सहजरुपमा उपचार वा औषधि लिन जान सक्ने अवस्था थिएन ।
त्यस्तो अवस्थमा पनि एम्बुलेन्स मार्फत दमकबाट भद्रपुर स्थित मेचि प्रादेशिक अस्पताल पुर्याउने कामहरु गरिएको समेत उनले सुनाईन । अन्य सहज परिस्थितमा दमकबाट भद्रपुर जान समस्यामा परेकाहरुलाई पटकैपिच्छे गाडिभाडा स्वरुप जनहि ३ सय रुपैँया दिने गरेको उनले सुनाईन ।
साथै दमकमा एचआइभि एड्स संक्रमित अभिभावकका छोराछोरीलाई कक्षा १२ सम्म निशुल्क शिक्षाको समेत व्यवस्था गरिएको उप प्रमुख अधिकारीले जानकारी दिईन । संक्रमितमद्यये काम गर्न चाहने र सक्नेकालागि उनीहरुको सिप र क्षमताका आधारमा स्वारोजगारका अवसहरु समेत नगरले प्रदान गरेको उनले बताईन । कोभिडका कारण यस प्रकारका कार्यक्रम यो वर्ष सुरु गरिहाल्न नसकेपनि जोखिम कम हुने वित्तीकै यस प्रकारका कार्यक्रम सुरु गरिने नगरपालिकाले जनाएको छ । दमकमा नै रहेको दमक अस्पतालमा नै एचआईभि एड्सका औषधि तथा उपचारका लागि व्यवस्था गर्न पहल र प्रयास भैरहेको समेत उनले सुनाइन ।