ब्लाष्टखबर । अफगानिस्तानको गजनी प्रान्तमा स्थित एक सैन्य शिविरमा गराइएको कार बम आक्रमणमा कम्तीमा ३० जना सुरक्षाकर्मीहरूको मृत्यु भएको छ ।  स्फोटका कारण  २० जनाभन्दा बढी घाइते भएको बताइएकाे छ।

उक्त आक्रमण अफगान सुरक्षाकर्मीमाथि हुँदै आएका आक्रमणहरू भन्दा निक्कै घतक आक्रमण मध्येकाे एक आक्रमण रहेकाे बिबिसी नेपाली सेवाले जनाएकाे छ । अफगानिस्तानकै जाबुलमा सवारीसाधनमाथि गरिएको छुट्टै बम हमलामा थप तीन जनाको ज्यान गएकाे छ।