धरान । देशभर पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ।

शुक्रबार देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

२४ घन्टामा २३ को मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।