ब्लाष्टखबर । ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
 
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन उनिहरूद्वारा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै  १ नम्बर प्रदेश प्रहरीले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
 
साेहि अनुरूप प्रहरी चौकी संक्रान्ति तेह्रथुम दरबन्दी भई इलाका प्रहरी कार्यालय बेलटार  कार्यरत प्रहरी जवान तामाङलाई उनले गरेकाे कार्यसम्पादनको मुल्याङकन गर्दै २०७७ सालकाे कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
 
कार्यालयका अनुसार प्रहरी जवान तामाङले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै विभिन्न जघन्य अपराधका फरार प्रतिवादी तथा अवैध लागुऔषध, चोरी, तस्करीमा संलग्न मानिसहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।
 
यसरी प्रत्येक महिना सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिने उक्त कार्यालयले जनाएकाे छ  ।