धरान । नेपाल साईकल उत्सव २०२०, मेची–महाकाली साईकल यात्रामा निस्किएका साईकल यात्रीहरुलाई आईतवार धरानमा भव्य स्वागत गरिएको छ ।

विश्व साईकल यात्री पुष्कर शाहको नेतृत्वमा देशका विभिन्न जिल्लाका २० जना साईकल यात्री १९ दिनमा धरान आईपुगेका थिए । कार्तिक १७ गते महाकालीबाट साईकल यात्रा गर्दै मसिर ११ गते मेचीको श्री अन्तु सम्म पुग्ने आयोजकले जनाएको छ ।

यात्रीहरुलाई धरानमा प्रवेस गराउँदै आयोजक सुनसरी साईक्लिड एशोसिएसन र कार्यक्रम संयोजक याक्थुङ सिङ्गक फाउण्डेशनका पदाधिकारीहरुले रुद्राक्षको माला लगाई स्वागत गरेका थिए । यात्रीहरुलाई ओशो आश्रम धरान २० को प्राङ्गणमा बासको प्रबन्ध मिलाइएको थियो । सोहि दिन आयोजकहरुले रात्री भोज र कयाम्प फायर सहित मनोरन्जन गराएका थिए ।

सोमवार विहान साईकल यात्रीहरुलाई ओशो आश्रमका सन्यासी आनन्द श्रेष्ठले धरानमा पर्यटकिय क्षेत्रको परीचय साथै ओशो आश्रमको गतिविधी वारे जानकारी गराएका थिए । सोहि अवसरमा साईकलवाट विश्वको १५० वटा देश घुमि सकेका पुष्कर साहले कोभिड १९ को कारण घरैमा खुम्चीएर वस्नु परेका देशका युवाहरुलाई महामारी प्रति जागरुक गराउदै कर्तव्य पथमा उत्साहित तुल्याउन यो साईकल यात्राको आयोजना गरेको बताए ।

सोमबार विहान लाङ्धाली सामुदायिक वनको भवनमा आयोजित विदाई कार्यक्रममा कोभिडको महामारीवाट बचाउन लाधाली सामुदायिक वनको भवनमा राखिएका सडक मानवहरुको सहयोगको लागी साईकल यात्रीहरुको तर्फवाट १५ हजार पनि शाहले हस्तान्तरण गरेका थिए ।

126497005_834667457312722_6910944543336612049_n