धरान/ कक्षा ११ को आमसञ्चार अध्ययन पुस्तक बजारमा आएको छ । एसिया पब्लिकेशनले पुस्तक प्रकाशित गरेको हो ।

नयाँ पाठ्यक्रममा आधारित पुस्तकलाई भवानीश्वर गौतम र सुमनकुमार लुइटेलले लेखेका हुन् । पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत गरिएको पहिलो पुस्तक भएको लेखकद्वय बताउँछन् । लेखकद्वय प्राध्यापन पेशामा आबद्ध छन् ।

गौतम मदन भण्डारी मेमोरियल कलेज काठमाडौंमा पत्रकारिता विषय पढाउँदै आएका छन् । यता लुइटेल चाहिँ मिडियाकर्मी एवम् प्राध्यापन पेशामा आबद्ध छन् ।