धरान / धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवौं वार्षिकोत्सवको अवसर पारेर लाङ्घाली सामुदायिक वनमा रहेका सडक मानवलाई न्यानो कपडा वितरण गरेको छ ।

सडक मानवलाई अहिले इटहरीको मायाघरले जिम्मा लिएको छ । वनमा रहेको मायाघरमा ६० जना सडक मानव बस्दै आएका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिने भएपछि सरकारले लगाएको लकडाउनपछि धरान उपमहानगरपालिकाले सडक मानवलाई लाङ्घाली सामुदायिक वनमा राखेको थियो । सडक मानवलाई वैशाख १ गतेदेखि मायाघरले हेर्दै आएको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको व्यवस्थापक जितबहादुर राउतले जानकारी दिए । सहकारीका अध्यक्ष डा. योगेन्द्र राईले सडक मानवको व्यवस्थापनको दायित्व राज्यको भए पनि मायाघरले गरेको कार्य सह्रानीय रहेको बताए । त्यस क्रममा उनले पुनर्जीवन होमियोप्याथिक क्लिनिक प्रालिको तर्फबाट ५ हजार १५ रुपैयाँ सहयोग प्रदान गरे ।