यासोक । पाँचथर जिल्लाको बिकाश निर्माणमा देखिएको बेथिति र बिसंगती प्रति मन्त्रीले चासो दिएका छन ।

जिल्लाको कुम्मायक गाउँपालिकामा संचालित मोटरेवल पूल र कालो पत्रे सडकको बिषयमा मन्त्रीले चासो दिएका हुन ।

गाउँपालिका केन्द्रको यासोक बजारमा ठेक्का लिएको चार महिनामा पनि काम हुन नसकेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन । तर कालो पत्रे बजारको ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारलाई छठ पर्वपछि निर्माण क्षेत्रमा खटाउने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले बताए ।

ब्लाष्ट दैनिकमा “ठेकेदारको दादागिरी, अझै भएन कालो पत्रे बजारको काम” शिर्षकको समाचार प्रकाशनपछि मन्त्रीले चासो दिएका हुन । निर्माण कम्पनीसंग यासोक बजार कालोपत्रेको बिषयमा कुरा भएको भन्दै छठ पर्वपछि काम सुरु हुने मन्त्री आङ्बोको भनाइ छ । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे बजारका कारण स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका छन ।

त्यस्तै दश वर्षदेखि अलपत्र अवस्थामा रहेको मोटरेवल पुलको बिषयमा पनि भौतिक पूर्वाधार यातायात मन्त्रालयले चासो व्यक्त गरेको छ । मन्त्रीकै गृह जिल्लामा लामो समयदेखि पुलको काम अलपत्र परेपछि मन्त्रालयले चासो दिएको हो । दशक बित्दा पनि पुलको काम पूरा नभएको बिषयमा बिभिन्न संचार माध्यममा समाचार प्रकाशन र प्रसारण भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले चासो दिएका हुन ।

मन्त्रालयको तर्फबाट प्रतिनिधि मण्डल सहितको एक टोलिले निर्माणधिन पक्कि पुलको गत शनिबार स्थलगत अनुगमन र निरिक्षण गरेको छ । निर्माण स्थलमा हालसम्म भएको प्रगति बाँकी रहेको निर्माणको काम बारे मन्त्रालयमा जानकारी दिने उदेश्यले टोलि उक्त क्षेत्रमा पुगेको थियो । उक्त टोलिले अनुगमन गरे लगतै कुम्मायक गाउँपालिकाले पनि सोही पुलको अनुगमन र निरिक्षण गरेको छ । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ सहितको टोलि पुल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिन सोही पुलमा पुगेको थियो ।

२०६८ साल देखि स्वच्छन्द निर्माण सेवाले काम गर्दै आएको छ । तर पटक पटक म्याद थप्दै आएको निर्माण कम्पनीले २०७७ साल चैतसम्म पुरा गर्ने गरी अन्तिम पटक म्याद थप गरी काम गर्दै आएको छ । थपिएको समय अवधि भित्र योजना पुरा गर्ने निर्माण कम्पनीले दाबि गरेको छ । “मन्त्रीले योजनाको बिषयमा चासो राख्नु भएको छ । निर्माण स्थलमा हालसम्म भएको प्रगति र बाँकी रहेका संरचनाको बिषयमा आवश्यक जानकारी लिन निर्माणाधिन पक्कि पुलको अनुगमन गएका हौं ।’ अध्यक्ष चोम्जोङले जनाए । सो अनुगमनमा उपाध्यक्ष सिता आचार्य, राजनीतिकदलका प्रतिनिधि व्यवसायी लगायतको उपस्थीति थियो भने निर्माण कम्पनीको तर्फबाट साइड इन्चार्ज कमल कार्कीको उपस्थीति रहेको थियो ।