ब्लाष्टखबर । झपाको विर्तामोडमा ४ वटा सवारी एकैपटक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् ।
बुुधबार बिहान ११ बजेर २५ मिनेटमा बिर्तामानेड नगरपालिका ६ स्थित गिरी मन्दीर नजिकै रहेको पूर्व –पश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा झापा जिल्लाको बुद्धशान्ती गाउँपालिका ३ का २४ वर्षीय कुशल लिम्बु र ११ वर्षीय दिप्सन कडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
कार्यालयका अनुसार पश्चिमबाट पूर्व तर्फ गइरहेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको अनटेष्ट लेखिएको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट अनियन्त्रित मोटरसाइकललाई पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ३३५० नम्बरको ट्रकले उक्त मोटरसाइकललाई पुनः ठक्कर दिएको थियो ।
दुर्घटनामा मे २ प ४८४७ नम्बरको मोटरसाइकल चालक लिम्बु र कडेलको घटना स्थलमै मृत्यु भएका डिएसपी राकेश थापाले बताएका छन् । उनका अनुसार सोहि मोटरसाइकलमा सवार बुद्धशान्ती गाउँपालिका ३ कै २९ वर्षीय सावित्रा कडेल र अन्टेस्ट मोटरसाइकल चालक अर्जुनधारा नगरपाँलिका ११ का २२ वर्षीय गगन तामाङ घाइते भएका छन् ।
घाइते साबित्राको दाहिने घुडा फ्याक्चर भएको छ भने तामाङको दाहिने खुट्टाको गालिगाठो निस्किीएको छ । घाइतेहरुको बिएन्डसी अस्पताल विर्तामोडमा उपचारभइरहेको डिएसपी थापाले बताएका छन् ।
ट्रकले ठक्कर दिएपछि पुनः को १ च ९३१७ नम्बरको स्कारपियोले ठक्कर दिएको र दुर्घटनापछि स्कारपिया र ट्रक चालक फरार रहेकोले खोजि कार्या भइरहको र डिएसपी थापाले बताएका छन् ।