ब्लाष्टखबर । उर्लाबारीमा दाउनी गरिरहेको ट्यक्टरमा आगलागी हुँदा ट्रयाक्टर सहित थ्रेसरमेसिन तथा धान जलेर नष्ट भएको छ ।
मंगलबार करिब साढे १ बजे र्उलाबारी गनरपालिका ३ स्थित अन्द चोकका हरी गडतौलाको खेतमा दाउनी गर्ने क्रममा आगो उत्पन भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार आगलागीका कारण उनको आफ्नौ नम्बर समेत नलिइएको ट्रयाक्टर, थ्रेसर मेसिन तथा धान, पराल जल्दा करिब १५ लाख मुल्य बराबरकाे क्षति भएकाे छ ।
आगो अस्थाइ प्रहरी चौकी मंगलबारे तथा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले, स्थानिय र दमकल लगायतले करिब २ बजे नियन्त्रणमा लिएको उक्त कार्यालय जनाएको छ ।