ब्लाष्टखबर । हङकङमा नेपालीले संञ्चालन गरेकाे रेष्टुरेन्टमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ । दिपावली र जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी हुँदा हङकङको कार्मालोन क्षेत्रमा नेपालीले सञ्चालन गरेको जिरे खुर्सानी नामक रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो । 

आगलागीमा मृत्यु हुनेहरूमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङमा ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङकाे सनाखत भएकाे स्थानय समाचार संस्थाले जनाएकाे । मृत्यु हुनेमा अन्य ४ जनाको सनाखत हुन सकेको हुन नसके पनि सबै नेपाली रहेकाे बताइएकाे छ ।

अन्य ७ जना घाइते रहकाे बताइएकाे छ ।