मोरङ ।  माेरङ र उदयपुरमा दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बिराटनगर महानगरपालिका १२ शुक्रबारे हाटका २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको प्रदेश १  प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
 
कार्यालयका अनुसार गयराती  को १८ प ४८३१ नम्बरको मोटरसाईकल साेहि क्षेत्रमा रहेकाे भित्री सडकखण्डमा बिजुलीको पोलामा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनाबाट घाईते भएका मोटरसाईकल चालक घनश्यामको न्युरो अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
 
 मोटरसाईकलमा पछाडी सवार  २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत समेत घाईते भएकोमा उनिहरुको उपचार भईरहेको छ ।
 
त्यस्तै, उदयपुरको उदयपुरगढी-७ नेपाल्टार स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने १८ बर्षीया निर्मला बि.क.को मृत्यु भएको कार्यालयले जनाएकाे छ ।
 
आज बिहान ८ बजे स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिदाँ उनि गम्भिर घाइते भएकी थिईन । घाईते निर्मलाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल र मोटरसाईकल चालक उदयपुरगढी-८ बस्ने १९ बर्षीय मेसक राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।