ब्लाष्टखबर । दिवावलीमा दियो तथा मैनबत्ती वाली लार्पवाही पुर्वक छोड्दाँ मोरङको ४ स्थानमा आगलागी भई अन्दाजी ६९ लाख बराबरको क्षती भएको मोरङ प्रहरीले जनाएको छ ।
गयराती विराटनगरको एक फेन्सी पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षती भएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरपालिका वडा नम्बर १० को ट्राफिक चोक नजिकै रहेका विजय साहको घरमा बस्न दिनेश अग्रवालको फेन्सी पसलमा आगलागी भएको हो ।
आगलागीका कारण सटर भित्र रहेको फेन्सी कपडा,फर्निचरको सामान पूर्ण रुपमा नष्ट भएको छ
त्यस्तै, बिराटनगर महानगरपालिका ९ बसपार्क नजिक अभय अर्यालको बारीमा बास र टिनको छानो भएको सिरक डसना बनाउने घरमा आगलागी हुँदा अन्दाजी ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आज बिहान ४ बजे बेलबारी नगरपालिका वडा लम्बर ३ मा राधा मल्लिकको कोठामा दिपावलीमा बालेको दियोबाट कोठामा आगलागी भइ कोठा भित्र रहेको फर्निचर,टिभी।,फ्रिज लगायतका सामाग्री आगलागी हुदा १ लाख बराबरको क्षती भएकाे छ ।
त्यस्तै, बिराटनगरक ४ मा रहेको कमला कोईरालाको बास र टिनको छानो भएको बाख्राको खोरमा आगलागी हुँदा खोर जली पूणर् क्षती भएपनि मानविय तथा चौपायकाे क्षती नभएको प्रहरीले जनाएकाे छ ।