धरान । सुनसरीको धरान–११ सिर्जनाचोकदेखि पश्चिम सर्दुखोलासम्मको करिब साढे ४ सय मिटर लामो सडक कालोपत्रे गरिएको छ ।
सडकको वडाध्यक्ष बाबुलाल लामाले उद्घाटन गरे । २०६४ सालमा बाटो कायम गरिएको थियो । त्यसअघिसम्म भीमकुलोको नामले परिचित थियो । कृषकले खेतीको समयमा सोही कुलोबाट पानी लगाउने गदर्थे । लामो समयपछि सडक कालोपत्रे गर्न सफल भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लवकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सडक ३० फुट चौडाइ र ४३० मिटर लामो रहेको छ । ८३ लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । वडा कार्यालयले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने अन्य रकम स्थानीय जनसहभागिताबाट निर्माण गरिएको हो । २००७ सालतिर धान खेतीका लागि कुलो निर्माण गरिएको स्थानीय मोहन श्रेष्ठले जानकारी दिए ।