वराहक्षेत्र । प्रदेश नं. १ सरकारका मुख्य सचिव दिनेश भट्टराईले वराहक्षेत्रलाई टुरिजम सर्किटको रुपमा विकास गर्न सकिने बताएका छन् ।
विहिवार वराहक्षेत्र नगरपालिकाको वार्ड नं. २ स्थित प्राथमिक स्वास्थ्य केन्द चतराको भएको, उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।
पाकृतिक पर्यटनको प्रचुर सम्भावना भएको वराहक्षेत्र मन्दिरबाट शुरु भएर नगरपालिका विभिन्न स्थान हु“दै रामधुनी नगरपालिका, इटहरीको तालतलैया लगायत धरान, विष्णुपादुका लाई जोडेर सुनसरी जिल्लाको पर्यटकिय हब बनाउन सकिने बताए ।
चार जिल्लाको प्रमुख नाकाको रुपमा रहेको यस क्षेत्रमा पर्यटनको ठूलो सम्भावना भएकोले, यहांको विकासमा सबै लागि पर्ने भन्दै बताए । यसका लागि स्थानिय निकाय नगरपालिकाले पहल गर्नुपर्ने भन्दै यसका लागि प्रदेश सरकार लागि पर्ने प्रमुख सचिव भट्टराईले बताए ।
कार्यक्रममा बोल्दै नगरपालिका मेयर निलम खनालले प्रदेश सरकारले कोशी नदीमा २५ टन भारवहन क्षमताको पानी जहाज चलाउने बताएको स्मरण गराउ“दै यसको कार्यन्वयनको लागि छिटो काम थाल्नुपर्ने बताए ।
वराहक्षेत्रमा सुविधा सम्पन्न होटल, लज रेस्टुरेन्ट खोल्न निजि क्षेत्रलाइ आवहान गर्दै उनले होटल व्यवसायीलाई करमा सुविधा दिईने बताए । नगरपालिकाको विकासमा नपाको कार्यालय तथा जनप्रतिनिधि लागेकोे भन्दै धमिलो पानीमा माछा मार्ने र आफुलाई प्रजातन्त्र वादी भन्नेहरु सक्रिय रहेको भन्दै यसबाट नगरपालिका कत्ति पनि विचलित नहुने उनले चेतावनी दिए ।
नगरपालिकाको वार्ड नं. १ रहेको धार्मिक तथा प्राकृतिक सुर्यकुण्ड क्षेत्र भेडेटार जत्तिकै पर्यटकीय सम्भावना रहेको तर पक्की बाटो प्रमुख समस्या रहेकोले यसको लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । पुर्वको प्रमुख पर्यटकिय गन्तव्य बन्न सक्ने भन्दै स्वच्छ खानेपानी लगायत समस्याको समाधानको लागि नगरपालिकालाई अनुरोध गरे ।
प्राथमिक स्वास्थ्य केन्द्र लाई ६ लाख को स्वास्थ्य उपकरण प्रदान
प्रदेश १ का मुख्य सचिव भट्टराईले प्राथमिक स्वास्थ्य केन्द्रलाई ६ लाख मुल्य बराबरको महिला प्रसुती उपकरण तथा सुरक्षा सामग्री प्रदान गरेका छन् ।
नगरपालिकाको वार्ड नं. २ को सभाहलमा भएको कार्यक्रममा, प्रमुख अतिथि, सचिव भट्टराईले, डिसपोजेबल गाउन ५० थान भ्याकुम डेलिवरि मेशिन ९ थान, फेटल मोनीटर र फेटल डोपलर १,१ थान,सर्जिकल मास्क २ सय थान, इक्जामिनेसन ग्लोभ ५ सय प्याक यसैगरी अक्सीजन सिलिन्डर २ थान, ह्वील चेयर २ , ओटी लाइट १ , सेम्पल बोटल १ हजार पिस र एक थान डिसप्ले वोर्ड लगायत उपकरण स्वास्थ्य केन्द्रकी प्रमुख डा. अन्जु थापा लाई हस्तान्तरण गरेका थिए ।
२४ घंटा सेवा प्रदान गर्ने प्राथमिक स्वास्थ्य केन्द्र सम्भवतः देशमा पहिलो भएको हुनाले नमूना स्वास्थ्य सेवा भएको भन्दै प्रमुख सचिवले, आफ्नो जन्म स्थान वराहक्षेत्र भएको र प्रा.स्वा.केन्द्रमा आफुले मुखियाको रुपमा काम समेत गरेकाले भावानात्मक सम्बन्ध समेत जोडिएको हु“दा, अग्रणी बन्दै गएको स्वास्थय केन्द्रलाई आफुले भरपुर सहयोग गर्ने बताए ।
उनले ६ लाखको सहयोग कम भएको भन्दै काम गर्न अझै बांकी रहेको भन्द्यै यसका लागि गर्ने सरकार संग पहल गर्ने बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि द्वय प्रदेश १ का आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालयका सचिवद्वय उत्तर खत्री र गोविन्द कार्कीले स्वास्थ्य तथा श्क्षिाको क्षेत्रमा नगरपालिका अग्रणी बन्दै गएकोमा खुशी व्यक्त गरे । प्रा.स्वा.केन्द्रले सुनसरी,भोजपुर,धनकुटा र उदयपुर जिल्ला बासीको लागि स्वास्थ्य सेवा लिने प्रमुख केन्द्र भएकोले प्रदेश सरकार लागि पर्ने बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य केन्द्र व्यवस्थापन समिति सदस्य प्रहलाद भट्टराई तथा सल्लाहकार डम्बर प्रसाद सिग्देलले केन्द्रमा दरबन्दी कम रहेको भन्दै यथासिघ्र कर्मचारी नियुक्तीको माग गरे । उनीहरुले, सरकारले १५ सैयाको अस्पताल समेत बनाउने निर्णय गरिसकेको भन्दै, भवनको पूर्णता को लागि काम थाल्नुपर्ने बताए ।
केन्द्रमा १३ जनाको दरबन्दी भएपनि हाल ८ जनाको मात्र दरबन्दी रहेको छ , भने करारमा २१ जना,नगरपालिका वाट २ र संघीय सरकारको १ जना गरि ३२ जना कर्मचारी रहेको प्रबन्ध निर्देशक डाक्डर अनिल गिरीले बताए । केन्द्रमा करार र दरबन्दीका, अनिल गिरी र अन्जु थापा २ जना एमबिबिएस डाक्टर हरु रहेका छन् ।
चन्द्र थापा मगरको स्वागत मन्तव्य वाट शुरु भएको,व्यवस्थापन समितिका तथा नगरपालिकाको वार्ड नं.२ का अध्यक्ष हरिकृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डम्बर सिग्देलले गरेका थिए ।