विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि भ्याक्सिन विश्व बजारमा तयार हुनेबित्तिकै आयात गर्न सरकारले अध्यादेश तयार गरेको बताएका छन् ।

विराटनगरस्थित कोशी अस्पताल र कोशी कोभिड उपचार केन्द्रमा विस्तार भइरहेको अस्पतालको बिहीबार निरीक्षण गर्दै मन्त्री ढकालले भ्यासिन आयत गर्न कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने बताएका हुन् ।

उनले औषधी उत्पादन गरिने राष्ट्रहरुले भ्यासिन प्रयोग गर्दा नेपालमा पनि प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले सरकारले औषधी आयतमा बाधा अडचनहरू हटाउनका निम्ती अत्याधेश तयार गरिएको जानकारी दिए । अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ । मन्त्री ढकालले भ्यासिनको आवश्यक व्यवस्थाको निम्ति राज्यकोतर्फबाट पहल गरिने बताए ।

भौतिक संरचनाको अभाव र यसलाई स्तरीय बनाउन वर्तमान सरकारले ६ हजार २ सय २ बेड अस्पतालमा थप गरिएको उनले जानकारी दिए । ‘संक्रमितको संख्या बढदै गएपछि आवश्यक भेन्टिलेटर र अक्सिजन पनि थपिने काम भएको छ,’ मन्त्री ढकालले भने, ‘आइसियू र भेन्टिलेटरमा जानुभन्दा पहिले उपचारको निम्ति आवश्यक पर्ने अक्सिजन हो । कोरोनाको औषधी र भ्यासिन आइनसकेकोले अहिले आवश्यक पर्ने अक्सिनजसहितको वेड विस्तरामा सरकार लागि परेको छ ।’ उनले विरामीहरू गम्भिर समस्या हुनुभन्दा अगाडी अक्सिजन दिन सकियो भने स्वास्थ्यमा सुधार हुनेछ भनेर सरकारले देशभरीमा ३ हजार ५ सय अक्सिजनसहितको बेड थपिएको मन्त्री ढकालले बताए । जसमध्ये उपत्यकमा २ हजार र १ हजार ५ सय अन्य जिल्लाहरुमा छन् । यसमा प्रदेश सरकार र नागरिक समाजले पनि भूमिका खेल्दै आएको मन्त्री ढकालले बताए ।

कोभिडको महामारीबाट नागरिकको बचाउन अहिले अक्सिजनसहितको १ सय बेडको कोभिड अस्पताल थप भएको यो अहिले सान्र्दभिक रहेको उनले बताए । प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानिय तहसँगको समन्वयमा होम आइसोलनमा बसेका संक्रमितहरुलाई मनोसामाजिक परामर्श, स्वास्थ्यमा अफ्टयारो पर्दा तुरुन्त अस्पताल पु¥याउने संयन्त्रको विकास गरिएको मन्त्री ढकालले बताए ।

होमआइसोलेशनमा बसेका संक्रमितहरुलाई भरयरहित बावतरणमा बस्ने र सरकारको कोभिड अस्पतालहरुबाट उन्नत स्तरको सेवा दिने कामहरू भइरहेको उनको भनाई छ ।

मन्त्री ढकालले कोशी अस्पताल पनि निरीक्षण गरेका छन् । उनले कोशी अस्पताललाई प्रदेश १ को नमूना अस्पतालको रूपमा विकास गर्न त्यसतर्फ सबै लाग्नुपर्ने जोड दिए ।