काठमाडौं । काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि भयानक दुर्घटनामा ३ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको छ ।

प्रहरीका अनुसार कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले बताए ।

दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय को विजय तामाङ घाइतेको उपचार जारी छ ।