बेलबारी । मोरङको केरावारी २ सिहदेवि (जेफाले)का नारायण राईले  ६ रोपनी पाखोबारीमा किवी खेती गरेको ७ बर्ष भयो । राई जिल्लाकै पहिलो किवि उत्पादन गर्ने समेत किसान हुन् ।
 
कालो झार मात्रै उम्रने वारीमा फाडफुड गरेर राईले मकै कोदो रोप्ने गरेका थिए । मकै कोदो समेत दुम्सीले खाएपछि राईले काठमान्डौ वाट ५ वटा किविका बिरुवा ५ सय रुपैया प्रति गोटाले किनेर रोपे ।
 
उनले रोपेको विविको ३ बर्षमा फल्न थाल्यो भने त्यहि बाट उनले नयाँ बिरुवा थपे । अहिले उनको वारीमा १ सय बोट भन्दा बढि किवि लटहरम्म फल्न थालेको छ । ५० रोपनिलाई पुग्ने गरी राईले किविको नर्सरी राखेका छन ।  
 
अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फल भनेर समेत रूपमा चिन्ने गरिएको छ। किवी चीनमा विकास भएको फलफूल हो। न्युजिल्याडले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलिसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एक सय रुपैयाँ छ राईले भने नेपालमा भने ठाउ ठाँउमा फरक फरक रहको छ ।
 
MVI_7282_Moment(2)
बारीमा फलेको किवि देखाउदै नारायण राई
 
लगाएको तेस्रो वर्षबाट कविले फल दिने गरेको छ । एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि १५ सयदेखि दुई हजार मिटरको उचाइमा किवी खेती गर्ने गरीनछ । भिटामिन सीलगायत पौष्टिक तत्त्व पाइने किवी चिनी रोगका बिरामीका लागि लाभदायक मानिन्छ पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ । 
 
सुगम जिल्लाकै दुर्गम मानिने जेफालेमा उत्पादन भएका बस्तुहरु बजार सम्म पुर्याउन समस्या हुन्छ । जेफालेको सबै भन्दा नजिकको बजार धनकुटाको राजारानि हो भने मोरङको केरावारी हो । दुवै ठाँउमा पुग्न समस्या रहेको छ । बजार सम्म पुर्याउदा ३ सय रुपैया किलो सम्मले बिक्रि हुन्छ राईले भने बोट बाटै २ सय रुपैयामा विक्रि हुन्छ । बर्षमा ७ सय कुईन्टल भन्दा बढि उत्पादन हुने गरेको राइले बताए ।
 
भौगोलिक बिकटता भएपछि बजार सम्म पुर्याउन समस्या भएपछि राइले आफै किविको वाईन बनाउन थालेका छन । बजारमा पुर्याउननै समस्या छ राईले भने बजार मा पुर्याएपछि आफुले सोचेको मुल्यमा बिक्रि हुदैन । उनले थपे अहिले घरमै वाईन बनाउछु । उनको घरमा हामस्टे समेत छ । होमस्टेमा बस्नेपाउनालाई राई परिवारले त्यहि वाईन दिन्छन । मोरङमा राई किवि खेति गर्ने एक्ला कृषक हुन ।
 
विकि भन्दा वाईन बाट धेरै फाइदा हुने गरेको समेत उनले बताए । उनले किविको वाईनलाई ब्रान्ड गरेर बिदेश तिर निर्यात गर्ने लक्ष्य रहेको समेत सुनाए । जेफालेमाको होमस्टेहरु अहिले सम्म अर्गानिकनै छन राइको होमस्टेमा भेटिएका मोरङको सुन्दरहरैचाका एलएन गच्छदारले भने अन्यत्र आयातितले भरीएका हुन्छन यहाँ सवै अर्गानिकनै पाइदो रहेछ ।
 
त्यहाँको अन्न वालिमा रसायनिक मल कृषकहरुले प्रयोग गर्दैन्न । ९ घरमा सामुदायिक होमस्टे राखिएको छ । तहाँ आउने पर्यटकलाई दाल भात तरकारी सिस्नो ढिडो, लोकल, कुखुरा, खसीको मासु खानामा दिईन्छ भने इस्कुस फर्सी, मकै भट्मास खाजाकारुपमा दिईनछ । यस्तै त्यहि उत्पादन गरीएको वाईन, चिया पेय पदार्थका रुपमा दिने गरीएको होमस्टे संचालकहरु बताउछन् ।