विराटनगर । कोशी ग्याँस उद्योगले सिलिन्डरमा नाम मात्रको प्लाष्टिकले र्यापिङ्ग गरिएको ‘शिल प्याक’ गरी बजार पठाउँदा उपभोक्ताहरु ठगिने गरेको पाइएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका – ४ निमुवामा उद्योग रहेको कोशी ग्याँसले प्लाष्टिक ¥यापिङ कमजोर बनाइ चोरी गर्नेहरूलाई सजिलो हुने गरि बजार पठाएका कारण उपभोक्ताहरू ठगिमा पर्ने गरेको पाइएको हो ।

करिब दुई वर्षदेखि कोशी ग्याँसले पुरानो शिल हटाएर अहिले बजारमा पठाउँदै आएको सिलिन्डरको प्लाष्टिकले ¥यापिङ्ग गरि शिल प्याक कमजोर बनाउँदा उपभोक्ताहरू ठगीमा परेका हुन् ।

गत बिहीबार विराटनगर – २ तीनपैनी चौकका उपभोक्ता रतनकुमार बर्माले खरिद गरेको कोशी ग्याँसको सिल प्याक गरिएको सिलन्डरमा तीन केजी ३ सय ग्राम कम तौल भेटिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गएको टोलीले उद्योगमा आइतबार गरेको अनुगमनको क्रममा सिलिन्डरको सिल प्याक गरिएको ¥यापिङ्ग कमजोर बनाउँदा उपभोक्ताहरू ठगीमा परेको तथ्य फेला पारेको हो ।
‘उद्योगले बजार पठाएको कोशी ग्यासको सिलेन्डरको शिल प्याक गरिएको ¥यापिङ्ग कमजोर भेटिएको छ,’ वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले भने, ‘शिल प्याक गरिएको सिलेन्डरबाट विक्रेता (भेन्ड्रस) अथवा गिरोहले सजिलै रूपमा ग्याँस झिक्न वा प्रयोग गर्न सकिने खालको कमजोरी देखियो । हामीले तत्काल सुधार गर्न उद्योगलाई निर्देशन दिएका छौं ।’