पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।
यो सँगै नगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । लामो समयदेखि फोक्सोमा समस्या भएका वडा नम्वर १ का १ पुरुष सहित २ पुरुषको निधन भएको पथरी शनिश्चरे नगरपालिका कार्यालयले जनाएको छ ।
कोरोनाको कारण पथरी शनिश्चरेमा यसअघि ५ सहित हालसम्म ७ जना पुरुषको मृत्यु भइसकेको छ । कोरोना संक्रमितहरुको उपचारमा सहयोग पुर्याउन नगरपालिका कार्यालयले आइसोलेसनको तयारी गरिरहेको छ ।