ब्लाष्टखबर । साताकाे पहिलाे दिन आइतबार सुनकाे भाउमा ५ सयले बृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९७ हजार २ सयमा कारोबार भएको सुन छापावालमा ५ सयले बृद्धि भइ आइतबार ९७ हजार ७ सय पुगेको हाे ।
तेजाबी सुनकी मूल्यमा समेत सोही दरमा बढेको महासंघले जनाएकाे छ । शुक्रबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबारका लागि ९७ हजार २ सय कायम भएको छ ।
आज चाँदीको मूल्यमा २० रुपैयाँले बढेर १ हजार २७५ मूल्य कायम भएको छ।