धरान । देशभर पछिल्लो २४ घन्टामा २७५३ जना कोरोना संक्रमित थपिएका छन् भने २२०६ जना कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९१६३६ पुगेको छ। हाल देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५४३५ रहेको छ।
त्यस्तै आज २२०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १५५११४ पुगेको मन्त्रालयले जनाएको छ।
हाल ११४४ जना क्वारेन्टिनमा रहेका छन्। देशभर अहिलेसम्म जम्मा १५२७७६६ वटा नमूना पीसीआर परीक्षण गरिएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टायता काेराेनाबाट थप १७ जनाको मृत्यु भएकाे छ। यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको छ।