धरान । धरान–१४ नम्बर वडाले अक्सिजन तथा वाफ लिने मेसिन खरिद गरी वडास्थित स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमित बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले अक्सिजन र वाफ लिने मेसिन खरिद गरिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । वडाध्यक्ष भट्टराईका अनुसार तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरी केन्द्रलाई बुझाइएको बताए ।

उनका अनुसार दुई थान अक्सिजन कन्सन्ट्याटर मेसिन, ३ थान पल्स अक्सिमिटर, एक थान स्टिम गन सेनिटाइजर, २५ थान डिजिटल थर्मोमिटरलगायतको सामाग्री स्वास्थ्य केन्द्र प्रमुख चन्दकला राईलाई हस्तान्तरण गरिएको हो । कोरोना सङ्क्रमित बिरामीलाई मध्यनजर गर्दै दिइएको सामग्रीलाई स्वास्थ्यकर्मी चन्द्रकला राई, केन्द्रकुमारी बस्नेत र रुमा अधिकारीले घरघरमा पुगेर सेवा दिनेछन् ।