ब्लाष्टखबर । बिहिबार प्रतिताेला ९६ हजार २ सयमा कारोबार भएको सुन शुक्रबार १ हजारले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय पुगेको छ। बिहीबारबाे तुलनामा तेजाबी सुनकाे भाएमा पनि १ हजारले बृद्धि भइ ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि  बिहिबारकाे तुलनामा ४५ रुपैयाँ बढेर १ हजार २५५ मा कारोबार भइरहेको  छ।