उर्लाबारी । नगरलाई कृषी क्षेत्रमा आत्मनिर्भर बनाउन र कृषी क्षेत्रलाई आधुनीकिरण गर्ने उदेश्यले कृषक समुहलाई उर्लाबारी नगरपालिकाले ७ लाख मुल्य बढी मुल्यका कृषी सामाग्री वितरण गरेको छ ।

बुधबार नगरपालिकामा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख खड्ग फागोले आफनै नगरमा भएको कृषी उत्पादनले नगरबासीलाई खाध्यन्न पु¥याउने उदेश्य अनुरुप कृषी क्षेत्रलाई आधुनीकिकरण गरी लागत घटाएर उत्पादन बृद्धि गर्ने उदेश्यले कृषक समुहलाई कृषी सामाग्री वितरण गरीएको बताएका छन ।

नगरले ६ वटा वडाका चिसापानी कृषक समुह, समृद्धि कृषी समुह, पूर्बी मोरङ बहुउदेश्यीय कृषी समुह, मिलिजुली कृषी समुह, नमुना कृषी समुह, महाराजथान कृषी समुह र सूर्य विनायक कृषी समुहलाई ६ लाख ११ हजार ९ सय ९६ रुपैयाँ बराबरको ४ थान धान काटने मेशिन र १ लाख ५५ हजार ९ सय ९७ रुपैयाँ मुल्य बराबरको ३ थान पावर टिलरमा जोडेने मेशिन ५० प्रतिशन अनुदानमा वितरण गरीएको नगरपालीका कृषी शाखाका कर्मचारी रोशन सिवाले बताएका छन ।

प्रति घन्टा ७ देखि ८ कठ्ठा धान काटने क्षमता भएका उक्त मेशिनले धान काट्दा उत्पादनमा लागत घट्ने कृषक समुहले बताएका छन ।