उर्लाबारी । कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिए पछि उर्लाबारी नगरवासीमा संक्रमणको त्रास फैलिएको छ ।

नगरपालिकाले पनि संक्रमण नियन्त्रणका उपायहरुको खोजी गरी नगरबासीलाई सुरक्षित बनाउने बताए पनि ठोस निर्णय नगर्दा नागरिक अन्यौलमा परेका छन ।

संक्रमण समुदायमा फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउनको ६ महिना अवधी सम्म समुदायमा संक्रमण प्राय शुन्य रहेको नगरमा एक महिनाको अवधीमा समुदाय स्तरमा ५ जनाको निधन तथा सय बढी संक्रमीत बनेका छन ।

कोरोना संक्रमणबाट नगर प्रमुख खड्ग फागो, वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्का सहितका नगरपालिकाका कर्मचारी एवं नेकपा उर्लाबारी ईन्चार्ज तथा जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठको परिवार, जिल्ला सदस्य गंगाप्रसाद बास्तोला सहित नगरका एक सय एक जना संक्रमित बनेका नगर स्वास्थ्य शाखाका सह–संयोजक रेणुकाप्रसाद काफलेले बताएका छन ।

संक्रमित भएका मध्ये उर्लाबारी वडा नं.–२ का ८५ बर्षीय बिष्णुमाया गुरुङ, वडा नं.–६ का डिबी राई, वडा नं.–७ का ४० बर्षीय कमल बुढाथोकी, ५८ बर्षीय मोहोनसिह खड्का र ५९ बर्षीय कमला गुरुङको निधन भएको छ भने ५३ जना होम आईसोलेशनमा स्वउपचाररत रहेका र ४३ जना होम आईसोलेशन पश्चात निको भएका सो शाखाले जनाएको छ ।

नेपाल सरकारले कोभिड संक्रमीतको पिसीआर परिक्षण तथा उपचार नगर्ने निर्णय गरे पछि नगरपालकाले समुदायमा फैलिएको संक्रमणलाई पुन ः नियन्त्रण तथा फैलिन नदिन र संक्रमीतहरुको उपचारको लागि गृह कार्य गरीरहेको नगर प्रमुख खड्ग फागोले बताएका छन ।

नगर प्रमुख फागोले चालु बर्षको बिकास बजेटलाई रकमान्त्ररण गरेर भए पनि नगरबासीको निशुल्क पिसीआर परिक्षण र उपचार गर्ने प्रतिवद्धता जनाएका छन । सामाजीक क्षेत्रमा सामाजीक अगुवा रुद्रबहादुर तामाङले नगरपालीकाले नागरिक बचाउन सवै संयन्त्र प्रयोग गरी कार्य चाडै सुचारु गर्नुपर्ने बताउदै नगरलाई संक्रमणबाट सुरक्षित बनाउनुनै जनप्रतिनिधीहरुको चालु बर्षको जिम्मेवारी भएको बताएका छन ।