भण्टाबारी/ भारतबाट भन्सार छलेर ल्याइएको १ लाख बराबरको प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतीय बजारबाट लुकाएर ल्याइएको १ लाख ३२० रुपैया बराबरको प्याज देवानगंज गाउँपालीका ३ स्थित यादव टोलको भीम यादवको घर पछाडि परालले छोपेर राखेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा ल्याई लुकाएर राखेको सूचनाका आधार सशस्त्र प्रहरी बल बिओपी कप्तानगंजबाट खटिएको सशस्त्र प्रहरीको टोलिले प्याज बरामद गरेको इन्स्पेक्टर भूपेन्द्र बस्नेतले जानकारी दिए ।

भारतबाट नेपालमा प्याज भित्र्याउने गिरोह सक्रिय रहेको गुनासो आइरहेको बेला सशस्त्र प्रहरी बल कप्तानगंजले ११७० केजी प्याज बरामद गरेको छ । बरामद गरिएको प्याज आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।