यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा मंगलबारदेखि एकिकृत योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु भएको छ । स्वीस सरकारको सहयोगमा दीर्घकालिन र अल्पकालिन लक्ष्य र योजनाका साथ ४ दिने कार्यशाला गोष्ठी मंगलबारबाट सुरु भएको हो ।

गोष्ठीमा दीर्घकालिन सोच सहित क्षेत्रगत रणनीति योजना, राजश्व सुधार र मध्यमकालिन खर्चको संरचना सहितको एकिकृत गाउँ बिकाश रणनीतिक योजना तर्जुमा सम्बन्धि छलफल भएको छ ।

गोष्ठीका सहभागीहरुलाई गाउँपालिकाको सिमित साधन र श्रोतको प्रयोग गरी दीर्घकालिन परिणाम मुखि र लक्षित समुदायसम्म प्रत्यक्ष लाभ पुग्ने गरी योजना तयार गर्नु पर्ने बिषयमा गर्भर्नेश एण्ड डिजाइन सोलुसनका प्रशिक्षक बिके महर्जनले प्रशिक्षण दिएका थिए ।

उत्त ४ दिने गोष्ठी स्वीस सरकारको सहयोग र प्रदेश सरकारको समन्वय साथै गर्भर्नेश एण्ड डिजाइन सोलुसनको प्राविधिक सहयोगमा कुम्मायक गाउँपालिकाले आयोजना गरेको हो ।

उत्घाटन शत्रमा गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ र उपाध्यक्ष सिता आचार्यले सुभकामना ब्यक्त गर्दै दीर्घकालिन सोच र लक्ष्यका साथ गाउँपालिकाले नीति तथा योजना बनाउँने बिषयमा जोड दिएका थिए ।

सो अवसरमा गाउँपालिकाका जनप्रतिनिध, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, संघ सस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । गोष्ठीको उत्घाटन शत्र गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।