ब्लाष्टखबर । जनतासमाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा धरान उपमाहानगरपालिकाकाे उप निर्वाचनका नगरप्रमुखकाे उमेदवार गजेन्द्र इस्वोकाे मृत्यु भएकाे छ ।
किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव तथा वर्तमान सल्लाहाकार इस्वोकाे आज बिहान करिब ४ बजे विराटनगर स्थित न्युरो अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
क्यनसर राेगका पिडित इस्वो झापामा किमाेथेरापी गराउदै आएका थिए । भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार इस्वोकाे धरानको विकाश निर्माण तथा समाज परिवर्तनकाे अभियन्ताका रूपमा पनि काम गर्दै आएका थिए ।
केहि दिन अघि अस्वस्थता कारण धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपचारका लागी लगिएकाे उनलाई उपचार सम्भव नभएपछि न्युरो अस्पतालमा लगिएकाे थियाे ।
आफन्तका अनुसार, इस्वोलाई काेराेना संक्रमण भएकाे हुनसक्ने अस्पतालका कर्मचारीहरूले बताएका छन् ।