कालाबञ्जार । वराहक्षेत्र नगरपालिका १० स्थित प्रकाशपुरमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिका घाइते बनेकी छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार सोही ठाउँकी ५ वर्षीया गंगा कार्कीलाई मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेकी उनलाई विराटनगरको गोल्डेन अस्पतालमा उपचारका लागि लगिएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको इप्रका महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।
प्र २–०३–००१ प ५९०० नम्बरको मोटरसाइकल चालक बारा जिल्ला कलैया नगरपालिका–७ का रञ्जितकुमार यादवले नै बालिकालाई उपचारको लागि लगेका थिए । उनको टाउकोमा चोट लागेको थियो । बच्ची बाटोमा खेल्दै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो । चालक यादव भोक्राहाबाट चक्रघट्टी आउँदै गरेका थिए ।