धरान । सिभिल बैंक लिमिटेड धरानकी कर्मचारी दृष्टि श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा अपाङ्गता भएकाहरुलाई राहत वितरण गरेकी छिन् ।
उनले धरान नगरक्षेत्रमा रहेका अपाङ्गता भएका पाँच परिवारलाई राहत सामग्री वितरण गरेकी हुन् । दृष्टिले अपाङ्ग पुनस्र्थापना तथा असहाय सेवा केन्द्र धरानको आश्रयस्थलमा बसोबास गर्ने अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरिन् । वरिष्ठ गायक दीप श्रेष्ठकी छोरी दृष्टिले हरेक वर्ष जन्मदिन यसरी नै सहयोग गरेर मनाउने गरेकी छिन् ।