धरान । सुनसरीको कोशी गाउँपालिकामा माइक्रोको ठक्करबाट पैदलयात्री गम्भीर घाइते बनेका छन् ।

पूर्वपश्चिम राजमार्गमा हिजो ना १ ज ७३८५ नम्बरको माइक्रोले ठक्कर दिँदा पैदलयात्री कोशी गाउँपालिका–३ का १० वर्षीया साहिन खातुन गम्भीर घाइने बनेकी हुन् । खातुनको उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ ।

माइक्रो र चालक सप्तरी शम्भुनाथ नगरपालिका–१२ का २४ वर्षीय श्यामजीवन सरदारलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । घटनास्थल लौकहीबाट करिब १ किलोमिटर पश्चिममा पर्छ ।

त्यस्तै कोशी गाउँपालिका–८ स्थित शिवम् पेट्रोलपम्प अगाडि को २० प ४४१४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई जोगाउने क्रममा पैदलयात्री र मोटरसाइकल चालक सामान्य घाइते बनेका छन् ।

पैदलयात्री सोही ठाउँका ६० वर्षीय सोना सदा र चालक सप्तरी ढाक्लेश्वरी गाउँपालिका–९ का ३१ वर्षीय हरिनारायण मेहता सामान्य घाइते बनेका हुन् । घाइते दुवैलाई उपचारको लागि विराटनगरको गोल्डेन अस्पतालमा विराटनगरमा पठाइएको छ भने मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय भण्टाबारीले नियन्त्रणमा लिइएको छ ।