यासोक । पाँचथरको कुम्मायक गाउँपालिका १ स्थीत काफ्लेपानीमा अरिङगालको टोकाइबाट युवाको मृत्यु भएको छ ।

घर नजिकै रुखमा अरिङगाल मार्ने क्रममा स्थानीय १९ वर्षिय जीवन दर्जीको मृत्यु भएको हो । अरिङगालको टोकाइबाट गम्भिर घाइते भएका उनको उपचारको लागि झापाको बित्तासिटि अस्पताल पुर्याइएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि दर्जीलाई घोपा क्याम धरान लादा लादै बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।