ब्लाष्टखबर । दादर- गोरखपुर कोविड स्पेशल ट्रेनमा सवार एक व्यक्तिले चेन तानेर ट्रेन राेकेपछि ट्रेन राेक्नुकाे कारण सुनेर भारतिय रेल्वेका कर्मचारीहरू हैरान भएका छन् । 

सराय कंसराय स्टेशन नजिकै गोरखपुरका बिल्ला नाम गरेका एक व्यक्तिले ट्रेन राेकेका थिए । रेल्वेका कर्मचारीले ट्राेन राेक्नुकाे कारण सेध्दा खैनी किन्न राेकेकाे बताएकाे भारतिय संञ्चार माध्यमले जनाएकाे छ ।

चेन तानेर ट्रेन राेकेपछि कर्मचारी र प्रहरी सक्रिय भई चेन तान्ने व्यक्तिकाे खेजी गरिएकाे थियाे । ट्रेन राेकी खैनी खरिद गरी पुन : ट्रेन तर्फ फर्कदै गरेका विल्लालाई प्रहरी तथा कर्मचारीले नियन्त्रणमा लिई साेधपुछ गर्दा खैनिकाे लत सहन नसकेपछि चेन तानेकाे  ट्रेन राेकेकाे जवाफ दिएका थिए । 

उक्त जानकारी पाएसंगै वराणसीकाे रेल्वे प्रहरीले ति व्याक्तिलाई कारवाही गरेकाे उक्त संञ्चार माध्यमले जनाएकाे छ ।