धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवाप्रति असन्तुष्टि जाहेर गर्दै धराने नागरिक जुर्मुराउन थालेपछि एक सय बेड क्षमताको कोभिड अस्पताललाई सुधार गरिरहेको भन्दै ‘विज्ञप्ति’ मार्फत् सूचना बाहिर ल्याएको छ ।

सूचना तथा सञ्चार शाखाले शुक्रबार (आज) जारी गरेको विज्ञप्तिमा २५ वटा हाई डिपेडेन्सी युनिट विस्तार गरिन लागिएको जनाएको छ । बिहीबार मात्रै धरानका राजनीतिज्ञ, नागरिक समाज, स्वतन्त्र नागरिक तथा संघसंस्था मिलेर ‘बीपी प्रतिष्ठान सुधार दबाव समूह’ गठन गरिएको थियो । जसको नेतृत्व सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले लिएका छन् । प्रतिष्ठान सुधारका लागि दबाव दिन यो समूहले काम गर्ने बताइएको छ ।

दबाव समूह गठन भएको एक दिन नबित्दै प्रतिष्ठानले दुई पेज लामो विज्ञप्ति जारी गरेर १० वटा भेन्टिलेटर जडान गरिने जनाएको छ । त्यस्तै १० वटा नन इन्भेसिभ भेन्टिलेटर र ८ थान हाइ फ्लो नजल क्यानुला पनि जडान गरिने जनाएको छ । तर, कहिलेसम्म जडान गरिने भन्ने विज्ञप्तिमा उल्लेख गरिएको छैन । विज्ञप्तिमा भने अक्सिजन पोर्ट जठडान कार्य दुई दिनमा सकिने भन्ने स्पष्ट उल्लेख गरेको छ । हरेक बेडमा अक्सिजन पोर्ट जडान गरिने उल्लेख छ ।

PR Page 2

विगतमा अस्पताल निर्देशक प्रा.डा गौरीशंकर साह तथा प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठको हस्ताक्षरमा विज्ञप्ति प्रकाशित हुँदै आए पनि यस पटक भने सूचना तथा सञ्चार शाखा भनेर उल्लेख गरिएको छ । जसमा कुनै पनि आधिकारिक पदाधिकारीको हस्ताक्षर छैन ।