धरान । आजबाट हिन्दू धर्मालम्बीको महान चाड विजयादशमीको बिदाइ गरिएको छ ।

प्रतिपदाबाट सुरु भएको दशैं पूर्णिमासम्मको १५ दिनसम्म मनाइने गरिन्छ । विशेष गरी दशमीका दिन मान्यजनबाट टीका र आर्शीवाद थाप्ने चलन छ । घटनास्थापनका दिन उमारिएका जमरा दशमीका दिन लगाइने गरिन्छ । पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष भनिने चलन छ ।

आजका दिन घटस्थापनाका दिन माटोमा उमारिएका जमरालाई नदी तथा जलाशयमा विधिपूर्वक सेलाइने गरिन्छ । आजको दिन धनधान्य कि देवी भगवान् लक्ष्मी राति पृथ्वीलोकमा भ्रमणका लागि आउने विश्वास गरिन्छ । अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैंको अन्त्य र तिहारको शुरुवाती संकेतको रूपमा पनि लिने गरिन्छ ।

यस वर्ष कोरोना महामारीका कारण धेरैले मान्यजनको हातको टीका तथा आर्शीवाद थापेरमा घरमै बसेर दशैं मनाएका छन् ।