श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक १३ गते बिहीबार, २९ अक्टोबर २०२० । असोज शुक्लपक्षको त्रयोदशी तिथि १५ः३३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र उत्तरभाद्र २४ः०० बजेसम्म, उप्रान्त तैतल, चन्द्रमाराशि मीन, सूर्योदय ४ः२४ र सूर्यास्त ४ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो यात्राको योग रहेको छ । कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग  र उत्साह छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूूषण प्राप्त हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । यात्रा फलदायी हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यमखालको छ । आमदानीका स्रोतहरू बन्द हुन सक्छन् । बन्न लागेको काममा विघ्न बाधाहरू आइपर्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग प्राप्त भइरहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।