यासोक/पाँचथरको कुम्मायक गाउ“पालिका केन्द्रमा रहेको परेवालाई ‘हानी नोक्सानी पुर्याएमा’ पाँच सय जरिबाना तोकेको छ ।

परेवाको गुड संरक्षण समिति गठन गर्दै समितिले जरिबाना तोकेको हो । अब बजारका परेवा मारे वा घाइते बनाए ५ सय रुपैया जरिवामा तिर्नुपर्ने गरी नियम लागु गरिएको छ । यस परेवाको गुँडलाई गाउँपालिकाको इतिहाससँग जोडिएर हेरिएको छ । लामो समयदेखि संरक्षणविहीन गुँडलाई गाउँपालिकाले गुँड निर्माण गरिदिँदै परेवालाई दानाको समेत व्यवस्थापन गरेको थियो ।

परेवाको गुड संरक्षण र दाना व्यवस्थापन गर्न पशुपंक्षी सेवा शाखा प्रमुख कोविद सुब्बाको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै गाउ“पालिका उपाध्यक्ष सीता आचार्य संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन गरिएको शाखाका पशु सेवा प्राविधिक जीवन खड्काले बताए ।

parewa_pachathar_kummayak (2)

परेवाको संरक्षणको लागि दैनिक दुई पटक चारो हाल्ने, परेवाको रेखदेख गर्ने, बिक्री बितरण र जरिबाना तोक्ने काम समितिले गरेको छ । त्यस्तै परेवाको संरक्षण र दानाको व्यवस्थापनको लागि दान पेटिका समेत राखिएको छ । उक्त दान पेटिकामा हालसम्म ६ हजार दुई सय ५५ रुपैयाँ संकलन भएको छ । परेवाको बच्चा बिक्री गर्दा प्रति जोडि दुई सय रुपैयाँ तोकिएको संरक्षण समितिका संयोजक कोविद सुब्बाले बताए ।

कुम्मायक कुसायक धार्मिक स्थलमा उडाएका परेवाको संरक्षणको लागि २०२३ सालमा परेवाको गुड स्थापना भएको हो । सो समयदेखि परेवाको संरक्षण हुँदै आएको छ । तर गुँड र दानापानीको व्यवस्थापन व्यवस्थित नहुँदा परेवाको गुँड संकटमा परेको थियो । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ४७ हजार रकम विनियोजन गरेको छ ।