- भूमिराज पराजुली/दमक
झापा दमक–७ का ८१ वर्षीय सोमनाथ गिरीले सामाजिक सुरक्षा भत्ता निकालेर दशैंमा खर्च गर्ने योजना बनाएका थिए । थुप्रै पटक तोकिएको बैंक पनि पुगे तर भत्ता निकाल्नै सकेनन् । जसले गर्दा दशैं खल्लो बनेको छ ।
यसपटक गिरीले मात्रै हैन, धेरै ज्येष्ठ नागरिकको भत्ता निकालेर दशैं खर्च गर्ने सपना तुहिएको छ । सरकारले हरेक तीन–तीन महिनामा भत्ता दिँदै आएको छ । भत्ता पनि बैंकमार्फत दिने प्रावधान गरेपछि अहिले धेरै ज्येष्ठ नागरिकलाई भत्ता लिन सकस हुने गरेको छ ।
विगतमा स्थानीय सरकारले वडावडाबाटै भत्ता वितरण गर्ने गरेको थियो । असक्त, असहायलाई त घरघरमै पुगेर भत्ता वितरण गरिँदै आएको थियो । तर, सरकारले सामाजिक सुरक्षा भत्तालाई पनि बैंकिङ प्रणालीमा लगेपछि अहिले गिरीजस्ताको दशैं सपना ‘सपना’ मा सीमित बनेको छ । उनको खातामा यसपटक ११ हजार रुपैयाँ थियो । दैनिक बैंकमा लाइन लागेर फर्किँदै आएका उनी निराश बनेका छन् ।
चुनावी घोषणा नारामा मात्रै
त्यसो त निर्वाचनताका दमकमा जनप्रतिनधीले घर वा टोल– टोलमा आएर भत्ता वितरण गर्ने भनेर जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई आश्वाशन दिएका थिए ।
घोषणा पत्रैमा लेखेर चुनावी प्रचारमा लागेका जनप्रतिनिधी यो महामारीका बेलामा सहजिकरण गर्न नआउँदा दुःख व्यक्त गर्छिन् ७५ वर्षिया इन्द्रमाया खड्का । उनी भन्छिन् ‘ भोट माग्न आउँदा घरैमा भत्ता ल्याइदिन्छु भन्थे तर यो महामारीमा जनप्रतिनिधी घर बसेर हामीलाई भिडमा पठाएर उनीहरु घर बसेका छन् कि एक पटक पनि आएर सोधि खोजी गरेका छैनन् ।’
खड्काले आक्रोस पोख्दै भनिन् ‘कम्तिमा यो कोरोनाको बेलामा हामीलाई वडाबाट वा टोलमा मात्र बोलाएर भएपनि भत्ता दिएको भए हामीलाई सहज हुने थियो ।’ उनको प्रश्न छ, बैंकमा पैसा झिक्न जाँदा हामीमा कोरोना देखियो र हामीले त्यसको उपचार गर्न नपाइ मर्न पर्यो भने त्यसको जिम्मेवारी को हुने ?’
भत्ता पाउनबाट वञ्चित
दमकका अन्य वडाका जेष्ठ नागरिकहरुले भत्ता पाउनै सकेनन् । उनीहरुको बैकं खातामा आएको भए पनि तत् तत् बैकंकका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बन्द रहेका कारण उनीहरुले भत्ता नपाएका हुन । तर जनप्रतिनिधीहरुले यसमा सकृयता देखाएको भए भत्ता पाउन सक्ने सम्भावना पनि थियो । तर त्यो भएन दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारी भन्छिन् पालिकाको बोर्ड बैठकमा सबै वडाअध्यक्षज्यूहरुलाई सहजिकरण गरिदिनु भनिएको थियो । तर त्यसो हुन सकेनछ ।’
उनका अनुसार यो पटक केहि जनप्रतिनिधी संक्रमित समेत भएर आइसुलेसनमा बस्नु पर्दा यस्तो समस्या आएको हो । अर्को वर्षबाट लक्षीत वर्गहरुलाई समयमै सहज तरिकाबाट भत्ता दिने छौ । उनले प्रतिवद्धता जनाइन ।
कानुनि वाधा भए पनि त्यसैमा टेकेर समेत जनप्रतिनिधिहरुको काम गर्न भने सक्ने अवस्था छ । सम्बन्धि वडाका वडाअध्यक्ष र सचिवको रोहबरमा जेष्ठ नागरिकको खातामा आएको रकम झिक्ने र झिकिएको रकम जनिह घर वा टोलमा पुगेर दिने हो भने जनप्रतिनिधीको सराहनिय काम हुने थियो ।
तर त्यसो गर्न दमकका जनप्रतिनिधीहरुले नजानेका हुन वा इच्छाशक्ति नदेखाएका वा कोरोनाको बाहना बनाएर आफु चाहि घरमा बस्ने र जेष्ठलाई चाहि बैकंमा भिड गर्न पठाएका हुन । यो कुरा उनीहरुनै जानुन । तर यसको दमकमा चौतर्फि बिरोध भै रहेको छ ।
करोड हाराहारीको दशैँ भत्ता कोष
दमक नगरपालिकामा ३ हजार ८ सय ४६ जना ७० वर्ष भन्दा माथीका नागरिकहरु रहेका छन् । उनीहरुले हरेक वर्ष नगरपालिकाले दशँकको बेलामा दशैँ भत्ता भनेर २ हजार रुपैँया दिने गरेको छ । मनोमोहन चार्डपर्व कोष शिर्षकबाट रकम दिदा जनहि जेष्ठ नागरिकलाई दिदा नगरको वार्षिक ७६ लाख ९२ हजार रुपैँया खर्च हुने गरेको छ । यो नगरको आन्तरिक श्रोतबाट नै व्यवस्थापन गरेर वितरण गरिएको उप प्रमुख अधिकारीले बताईन । चुनावका बेला जेष्ठलाई दँशै खर्च दिन्छौ भनेर गरिएको घोषणा अनुरुप नै कार्यविधि बनाएर काम गरिएको उनको भनाई छ ।