विराटनगरमा अत्याधुनिक प्याथोलोजी प्रयोगशालाको संचालन

alt
  • कार्तिक ७, २०७७
  • ब्लाष्ट खबर

विराटनगर । विराटनगरमा निजी क्षेत्रबाट अत्याधुनिक प्याथोलोजी प्रयोगशालाको संचालन आरम्भ गरिएको छ।

विराटनगरका उद्योगपति महेश जाजू, प्रकाश मुन्दडा, नवीन रिजाल र अनिल साहको लगानीमा संचालनमा ‘बी स्योर’ नामको प्रयोगशाला विराटनगरको बरगाछी चौकमा संचालनमा आएको हो।

करिब ५ करोडको लगानीमा ल्याब स्थापना गरिएको प्रयोगशालाको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिहिबार उद्घाटन गरे ।

मन्त्री कार्कीले अहिलेको महामारीलाई सामाना गर्ने गरी निजी क्षेत्रबाट संचालनमा ल्याएको पीसीआर ल्याबले यहाँका नागरिकलाई राहत मिल्ने बताए । ‘एउटा प्रयोगशालाले दिएको पीसीआर रिपोर्ट अर्को प्रयोशालामा फरक पर्न थालेको छ’, उनले भने, ‘पीसीआर रिपोर्ट त्रुटिपूर्ण भएकाले मानिस अकालमै मर्न थालेका छन् ।

यस्ता बेलामा निजी क्षेत्रबाट विश्वसनीय र अत्याधुनिक प्रयोशाला अझै स्थापना गरिनु पर्छ ।’ प्रयोगशालाका प्रबन्ध निर्देशक नवीन रिजालले प्रयोगशालामा सरकारले तोकेबमोजिमको शुल्क लिएर पीसीआर परीक्षण गरिने जानकारी दिए। रिजालले प्रयोगशालामा मधुमेह, थाइराइड, क्रिटेनिन, प्रोटिन, लिपिड प्रोइल लगायत सबै प्रकारका परीक्षण गरिने बताए ।

दोहोरो नागरिकता लिने ...

ब्लाष्टखबर । किर्ते गरि दोहोरो नागरिकता लिएका सुनसरी इन ...

धरानका युवा घरमा लु ...

धरान । धरान उपमहानगरपालिका–१५ गणतन्त्र मार्गबाट प ...

प्रदेश १ मा ३७२ संक् ...

विराटनगर । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएक ...

सुन्दरहरैचामा आइतबार ...

बेलबारी । सुन्दरहरैचा नगरपालिका क्षेत्रका सार्वजनि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved