धरान । करुणा फाउण्डेशन नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड १९ का संक्रमितलाई उपचार गर्दा प्रयोग गरिने स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ ।

करुणाका निर्देशक योगेन्द्र गिरीले प्रतिष्ठानका रजिष्टार प्रा.डा. मोहनचन्द्र रेग्मीलाई सामग्र हस्तान्तरण गरेका छन् । करुणाले एक हजार थान केएन ९५ मास्क, १५ सय थान सर्जिकल मास्क, १०० युनिट पीपीई सेट र २० लिटरको ४ थान सेनिटाइजर प्रदान गरेको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।